
सुदूरपश्चिममा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपाली सेनाले १५ जना सुत्केरीको हेलिकप्टरबाट उद्दार गरेको छ।राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतले १५ सुत्केरी महिलाहरुलाई हेलीबाट उद्दार गरेको हो।

गत साउन यता सुदूरपश्चिमका ६ जिल्लाका १५ जना सुत्केरी महिलाहरुलाई हेलिकप्टरमार्फत उद्दार गरिएको हेडक्वाटरको अर्धवार्षिक कार्यप्रगति विवरणमा उल्लेख छ। मेजर रेनु शाहका अनुसार सुदूपश्चिमको बैतडीका एक, डोटीका दुई, डडेल्धुराका एक, बाजुराका तीन, दार्चुलाका चार र अछामका चार महिलाको हवाइ उद्दार गरिएको हो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 3:42
2020/10/21, 2:53
2021/05/13, 1:17
2021/12/08, 11:47
2022/12/18, 1:19