स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलको स्वास्थ्य सेवा सुरु
2023/02/01, 5:28
 
ss

7

धनगढीको चटकपुरमा  स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलले आफ्नो सेवा सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म उपलब्ध नरहेका स्वास्थ्य सेवाहरु सहितका बिशेषज्ञ सेवाहरु आजदेखि अस्पतालमा सुरु भएको हो । अस्पतालले आजदेखि ईमरजेन्सी, फार्मेसी, प्रयोगशाला सहितका केही बिशेषज्ञ सेवाहरु सुरु गरेको छ । बाँकी बिशेषज्ञ सेवाहरु पनि छिट्टै सञ्चालनमा ल्याईने अस्पतालका अध्यक्ष महेश जोशीले जानकारी दिए । 

1

२५ शैय्याको अस्पतालमा आईसियू, एनआईसियु, पिआईसियु, सिटि स्क्यानका साथै  हाडजोर्नी तथा नशारोग विशेषज्ञ, फिजियोथेरापी विशेषज्ञ, जनरल तथा दुरविन प्रविधिबाट सर्जरी विशेषज्ञ, मेरुदण्डको जटिल शल्यक्रिया बिशेषज्ञ, जनरल मेडिसिन (पेट, छाती, मुटु, सुगर, प्रेसर) विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट, किड्नी रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, युरोलोजी लगायतका विशेषज्ञ सेवाहरुहरु सञ्चालनमा आएका छन् ।

1

1

3

यसका साथै यसक्षेत्रमा नभएका मुटु र क्यान्सर रोगका साथै टेष्ट ट्युव वेबी र प्लाष्टिक सर्जरी सेवालाई धनगढीमा ल्याएको अस्पतालले यी सेवाहरु पनि सञ्चालनको तयारीमा रहेको जनाएको छ ।  मुटुरोग र क्यान्सर रोग सम्बन्धीको विशेषज्ञ सेवा र जटिल प्रकृतिका शल्यक्रियाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहदै आएकोमा अब यी सेवाहरु पनि धनगढीमै पाईने र ती सेवाहरु सुचारु ग्र्नका लागि काम भईरहेको अस्पतालका अध्यक्ष जोशीले बताए ।

1

4

अस्पतालमा दुर्घटनामा घाईतेहरुको सहज उपचारका लागि ट्रामा ईमरजेन्सी कक्ष बनाईएको छ । जुन कक्षभित्र नै अलग्गै शल्यक्रिया कक्ष, आईसियु र भेन्टिलेटरको व्यवस्था गरिएको छ । यो सेवा पनि सुरु हुने अवस्थामा पुगेको छ । ट्रामा ईमरजेन्सी कक्ष सञ्चालनमा आएपछि दुर्घटनामा घाईतेहरुले अकालमै ज्यान गुमाउने अवस्था र थप उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । मुटु र क्यान्सर रोगको मात्रै होईन प्लाष्टिक सर्जरी, टेष्ट ट्युव बेबी सहितका अन्य सबै बिशेषज्ञ सेवा सहित अस्पताल सञ्चालनको योजना अनुसार हाललाई केही बिशेषज्ञ सेवाहरुबाट सुरुवात गरिएको र क्रमशः सबै बिशेषज्ञ सेवाहरु थपिदै लैजाने जोशीले बताए । 

1

1

अस्पतालमा मुटुको भल्भ बन्द भएको पत्ता लगाउने एबीपि, टिएमटी हल्टर सेवा, स्तनको क्यान्सरको रोग पत्ता लगाउने म्यामोग्राम सेवा, दाँतको अत्याधुनिक एक्सरे (ओपीजी) सेवा, टेष्ट ट्युब बेबी÷आईभिएफ तथा अंकोलोजी सेवाहरु पनि दिनेछ । जसबाट यहाँका विरामीहरु लाभान्वित हुने अपेक्षा अस्पतालले राखेको छ । ती उपचार सेवा पाउनका लागि पनि महँगो शुल्क तिर्नु नपर्ने स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलका अध्यक्ष महेश जोशीले बताए ।

1

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट समेत रहेको छ । अस्पतालमा शल्यक्रिया गर्नका लागि विश्व स्तरीय मोडुलर अप्रेशन थियटर तयार पारिएको छ । यो प्रकृतिको शल्यक्रिया कक्ष पश्चिम नेपालकै पहिलो भएको अस्पतालको दावी छ । ‘यस्तो शल्यक्रिया कक्ष बुटवलभन्दा पश्चिममा छैन । स्तनको क्यान्सरको रोग पत्ता लगाउने म्यामोग्राम सेवा पनि पश्चिम नेपालकै पहिलो हो ।’ अध्यक्ष जोशीले भने । अस्पतालमा अत्याधुनिक शव गृह पनि निर्माण गरिएको छ । जसमा बर्षौसम्म शवलाई सुरक्षित राख्न सकिनेछ । यो सेवा अन्य स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईने अस्पतालले जनाएको छ । 

1

1

3

1

1

अस्पतालसँग पर्याप्त ठाउँहरु रहेको छ । झण्डै दुई विगाहभन्दा बढी क्षेत्रफलमा फैलिएको अस्पतालमा ५१ हजार स्क्वायर फिटमा संरचना निर्माण गरिएको छ । सबै स्वास्थ्य उपचार सेवा पाउनका लागि अलग अलग विभागहरु बनाईएको छ । अस्पतालमा आउने विरामीहरुलाई मात्रै नभएर उनीहरुका कुरुवाहरुका लागि विशेष व्यवस्था गरिएको छ । कुरुवाहरुलाई वास र खानाको व्यवस्था पनि अस्पतालमा मिलाइएको छ । त्यसैगरी लकर सुविधा पनि अस्पतालमा पाईनेछ । अस्पतालको नयाँ र अत्याधुनिक सुविधाहरु थप्दै उत्कृष्ट स्वास्थ्य प्रदान गर्ने लक्ष्य रहेको अस्पतालका अध्यक्ष जोशीले बताए ।  

1

1

3

1

1

1