धनगढी ५ हसनपुर बस्ने लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ
2023/02/02, 12:41
 
धनगढी ५ हसनपुर बस्ने लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - धनगढी ५ हसनपुर बस्ने लागुऔषध मुद्धाका फरार कसुरदार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ घर भइ हाल कैलालीको धनगढी ५ हसनपुर बस्ने सुनिल चौधरीलाई लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरीएको प्रहरीले जनाएको छ।

उनलाई कञ्चनपुर जिल्ला अदालतले २०७८चैत १५ गतेको आदेस अनुसार लागुऔषध मुद्धामा फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी बिशेष टोलीले बुधबार धनगढी ५ हसनपुरबाटै पक्राउ गरेको हो । लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको छ। जिल्ला अदालतले निजलाई रु २ सय जरिवाना र ३ महिना कैद भुक्तानको लागी कारागार चलान गरेको छ।