धनगढीमा लागुऔषधसहित एक जना पक्राउ
2023/02/04, 5:01
 
sdsdsd

 कैलालीको धनगढीबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–१३ का २३ वर्षीय सन्तोष रानालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर चौकीबाट प्रहरी नायव निरीक्षक राजेन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले रानालाई एक ग्राम ४३० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

लागुऔषधसहित पक्राउ परेका रानालाई अहिले जिल्ला प्रहरी कार्यालय कैलाली पु¥याइएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।