पूर्वन्यायधीश गिरिशचन्द्र लालको अभिब्यक्ती: टीकापुर घटनामा बालकको मृत्यु प्रहरीको गोलीबाट भएको हो
2023/02/04, 5:09
 
ggggggg

पूर्वन्यायधीश गिरिशचन्द्र लालले टीकापुर घटनामा मारिएका भनिएका बालक टेकबहादुर साउँदको मृत्यु आन्दोलनकारीबाट नभइ प्रहरीको गोलीबाट भएको बताएका छन्।

मधेस र थरुहट आन्दोलनमा भएका घटनाको छानबिन आयोगका संयोजक समेत रहेका पूर्वन्याधीश लालले एक टेलिभिजन अन्तरवार्ताको क्रममा सो कुरा खुलासा गरेका हुन् । उनले भने, ‘त्यो बच्चा कुनै आन्दोलनकारीबाट मारिएको छैन । कसरी छैन भने त्यो बच्चा थ्री नट थ्री राइफलको गोलीले मारिएको हो । आफ्नो घरको कम्पाउण्डभित्र मारिएको छ । जहाँ आन्दोलनकारीको प्रवेशै भएको छैन । थ्री नट थ्री राइफल जनतासँग हुँदैन । त्यो प्रहरीसँग हुन्छ । त्यो मुद्दामा पनि भनिएको छैन, आन्दोलनकारीसँग बन्दुक थियो भनेर । यसमा आन्दोलनकारीहरुको भूमिका कसरी हुन सक्छ?’

त्यस्तै उनले सो छानविन प्रतिवेदन सरकारले गोप्य राख्नुपर्ने कुनै कारण समेत नभएको बताए । जसबाट सरकारलाई फाइदा हुने उनको भनाइ छ । उनले रेशम चौधरी पनि बरदातस्थलमा नभएको उल्लेख गरेका छन् । संविधान लेखनताका थरुहट थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुर घटना घटेको थियो । २०७३ साउन २१ गते पुष्पकमल दाहाल नेतृत्वको सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो ।आयोगले २०७४ मंसिर २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । तर सरकारले हालसम्म गोप्य राखेको छ। स्रोत: कान्तीपुरबाट