धनगढीको फुलवारी देखि हसुलिया जाँदा एक ब्यक्ती नगद र ब्राउनसुगरसहित समातिए
2023/02/05, 12:09

धनगढीको फुलवारी देखि हसुलिया जाँदा एक ब्यक्ती ब्राउनसुगर सहित समातिएका छन्। ईलाका प्रहरी कार्यालय हसुलियाका अनुसार शनिवार बेलुका सभा ६ बजे धनगढी उपमहानगरपालिका वडा नं ११ घोरसुवा का २६ बर्षीय आशाराम चौधरीलाई नगद र ब्राउनसुगरसहित पक्राउ परेका छन्।

उनलाई फुलवारी देखि हसुलिया तर्फ जाँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ० दशमलब २३० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद रु १० हजार बरामद गरेको हो। उनलाई थप कारवाहीकोलागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको बताइएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/06, 1:38
2025/02/13, 5:07