प्रेस चौतारी कैलालीद्वारा स्थापना दिवसको अवसरमा खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग
2023/02/05, 2:47
 
chautari

प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति कैलालीले धनगढीको नयाँ जीवन मिसन नेपालमा आश्रित बालबालिकालाई सहयोग गरेको हो ।

आइतबार नयाँ जीवन मिसन नेपालमै पुगेर कार्य समितिले दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामाग्री र शैक्षिक सामाग्री (कापी, कलम) सहयोग स्वरूप प्रदान गरेको हो । प्रेस चौतारी कैलालीका इन्चार्ज सुशील ढुङ्गाना, सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली र जिल्ला अध्यक्ष भानुभक्त आचार्यले संयुक्त रुपमा नयाँ जीवन मिसन नेपालकी इन्चार्ज प्रतीक्षा प्रधानलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

संस्थाका अध्यक्ष मनोज आचार्यले प्रेस चौतारीले स्थापना दिवसको अवसरमा पारेर बालबालिकालाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् ।