कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
2023/02/05, 4:13
 
defsd

 कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। कैलाली प्रहरीले धनगढी उप–महानगरपालिका–२ र ३ नम्बर वडाका सिमानाबाट विभिन्न भन्सार छलीमा सामान बराम गरेको हो।

प्रहरीले शनिबार प्रहरीले ६५ हजार मुल्य बराबरका अबैंध भन्सार छलीका सामानहरु बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली, प्रहरी चौकी त्रिनगर र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चिनी, सुर्ति, गुट्का, प्लाष्टिक, कपडा, तरकारी लगायत सामानहरु प्रहरी गस्ती टोलीले बरामद गरेको हो।

भारतबाट भन्सार छलि गरी ल्याएको बेवारीसे अवस्थामा फेला पारी ती सामान नियन्त्रणमा लिएको हो। बरामद गरिएका समान कैलाली भन्सार कार्यालय पठाइएको छ। त्यस्तै कञ्चनपुरबाट पनि प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१० भुजेलाबाट भन्सार छलीका सामान बरामद गरेको हो। करिब ३१ हजार २४० मुख्य बराबरका चिनी, दाल, खुर्सानी, गुड, पास्ता, बिष्कुट, मिश्री, मुखफली र तानसेन सुर्ती वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो। बरामद गरिएका सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।