रेशम चौधरीको मुद्दामा विपक्षीलाई बोलाउने आदेश
2023/02/05, 4:59
 
resham

टीकापुर घटनामा जेलमा रहेका पूर्व सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश दिएको छ।आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले ‘प्रत्यर्थी झिकाउने’ आदेश दिएको हो।

टीकापुार घटनामा उच्च अदालत, दिपायलले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो।त्यसका विरुद्ध चौधरीसहित आठ जनाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। त्यसमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो। सर्वोच्चका न्यायाधीशद्वय मोक्तान र शर्माको इजलासले प्रत्यर्थीलाई झिकाउने आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।

पूर्व सांसद चौधरीसहित सिताराम चौधरी, हरिनारायण चौधरी, गंगारामडगौरा चौधरी, वीरवहादर चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, रामकुमार कठरिया, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा चौधरी, राजेश चौधरी, प्रदिप चौधरी र लक्ष्मण थारु चौधरीले छुट्टाछुट्टै आठ वटा निवेदन दिएका थिए। सबै निवेदनमा नेपाल सरकारलाई विपक्षी बनाइएको छ।