मुख्यमन्त्री रावलले भोली विश्वासको मत लिने
2023/02/07, 12:59
 
ss

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोली विश्वासको मत लिने भएका छन् । रावलले विश्वासको मत लिने विषयमा प्रदेश सभा सचिवालयलाई जानकारी समेत गराइसकेका छन् ।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । विश्वासको मत लिइसक्नु पर्नु संवैधानिक व्यवस्था भएको अघिल्लो दिन मुख्यमन्त्री रावलले विश्वासको मत लिन लागेका हुन् । माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेतासमेत रहेका रावल आफूले विश्वासको मत पाउनेमा विश्वस्त छन् ।

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनमा माओवादीका ११ ९सभामुख सहित०, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । यी दलले विश्वासको मत दिए मुख्यमन्त्री रावलले २८ मत पाउँछन् । ९सभामुखले मत दिन नपाउँदा० २७ मत पाउँदा विश्वासको मत प्राप्त हुन्छ । नागरिक उन्मुक्ति पार्टी विश्वासको मत दिन लचक भएपनि अहिले सम्म निर्णय भने गर्न सकेको छैन । उनीहरुले पावर सेयरिङमा असन्तुष्टि व्यक्त गरिरहेका छन् ।