कैलालीको धनगढी उप–महानगरपलिका–१९का वडा सचिव कार्यलय समयमा मदिरामा लठ्न हुने गरेको पाईएको छ । वडा सचिव हरिप्रसाद भट्ट दिनहुँ जसो मदिरामा लठ्ठ भएर कार्यलयमा उपस्थित हुदाँ सेवाग्राही समेत हैरान भएका छन् । जसका कारण सेवाग्राहीका कामकाजमा समेत बाधा पर्नथालेकोे सेवाग्राहीहरुले बताएका छन् ।
मृत्यु दर्ता र घरजग्गा सम्बन्धि सिफारीस गर्न गएका सेवाग्राही सुर्य सुनारले सचिव भट्ट कार्यलय समयमा मदिरामा लठ्ठ अवस्थामा भेटिने गरेको बताए । सचिव मदिरामा लठ्ठ हुने र सेवाग्रीको काममा ढिला सुस्ती भएको बताउदै सुनारले सिफरिस लिन र मृत्य दर्ताको काम तीन दिन सम्म पनि नभएको गुनासो सुनाए ।
यस्तै सो सम्बन्धमा निमित्त वडा अध्यक्ष हरेन्द्र ऐडी सचिव भट्टले कार्यलय समयमा मदिरा सेवान गरी सेवाग्राहीको काममा ध्यान नदिने गुनासो आएको बताए । आफुले यसरी कार्यलय समयमा मदिरा सेवन नगर्न भनेर सम्झाए पनि सचिव भट्टले बेवास्था गरेको बताए ।
निमित्त वडा अध्यक्ष ऐडीले भने , “आफुले सम्झाउन भएको बेला एक प्याक काम भयो भन्दै मदिरा पसल तिर लागे ।” निमित्त वडा अध्यक्ष ऐडीले यस सम्न्धमा उपमहानगरपलिकामा जानकारी गराउने बताए । यता वडा सचिव भट्टले तनाव भएका कारण मदिरा सेवान गरेको बताए । सचिव भट्टले भने, “सर माफ गर्नुहोला , काम गर्न कती गाह्रो छ, समाचार नछाप्नुहोला म ब्यबस्था गरि हाल्छु ,तनाव हुन्छ त्यसैले खान्छु ।