सुदूरपश्चिम प्रदेश प्रहरीले लागुऔषधविरुद्ध ‘महाअभियान’ सञ्चालन गर्ने
2023/02/09, 12:23
 
ss

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रदेशभित्र पर्ने तराईका जिल्लामा लागुऔषधविरुद्धको महाअभियान सञ्चालन गर्ने भएको छ। खुला नाका भएका कारण बढ्दै गएको लागुऔषध दुव्र्यसनी रोक्न सो अभियान सञ्चालन गरिन लागिएको हो। बिहीबार प्रदेश प्रहरी कार्यालयले कैलाली कञ्चनपुरका स्थानीय तहका जनप्रतिनिधि तथा औषधि व्यवसायी संघसँग छलफल गर्दै समन्वय तथा सहयोगका लागि अपिल गरेको छ।

प्रहरी नायव महानिरीक्षक अशोक सिंहले लागुऔषधका कारण जघन्य अपराध तथा सवारी दुर्घटना बढ्दै गएकाले जथाभावी प्रयोगमा कारबाहीसँगै सचेतना फैलाउन जरुरी रहेको बताए। उनले समाजमा बढ्दै गएको दुव्र्यसनी रोक्नुपर्नेमा जोड दिए।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दव्र्यसनी प्रहरीबाट मात्र रोक्न सम्भव नभएकाले समाजले पनि रोक्न जरुरी रहको बताए।धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जथाभावी लागुऔषध बिक्री–वितरणमा रोक लगाउन औषधि सञ्चालकको भूमिका पनि आवश्यक रहेको बताए।