कैलालीमा प्रहरीको मोटरसाइकलको ठक्करबाट १ जना घाइते
2023/02/09, 6:31
 
gdtyhdrx

कैलालीमा प्रहरीको मोटरसाइकलको ठक्करबाट १ जना घाइते भएका छन् । कैलालीको अत्तरियामा प्रहरीले चलाएको बा ३९ प ७८८९ नम्बरको मोटरसाइकलको ठक्करबाट गोदावरी नगरपालिका – १ अत्तरिया बस्ने गणेश बिक घाइते भएका हुन्।

अत्तरिया-महेन्द्रनगर रोडमा बिहीबार प्रहरी जवान सागर चौधरीले चलाएको मोटरसाइकलको ठक्करबाट पैदल हिँडिरहेका बिकलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका बिकको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

उनको टाउकोमा गम्भिर चोट लागेको बिकका छोरा रमेश विकले बताएका छन्। उनले टाउकोमा गम्भिर चोट लागेकाले थप उपचारका लागि भारतको हल्द्धानी लग्ने तयारी गरिरहेको बताए। विदामा घर आएका कैलारी गाउँपालिका ६ घर भएका मोटरसाइकल चालक चौधरी दंगा नियन्त्रण प्रहरी गण बंक कञ्चनपुर जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासुदेव भट्टले चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएको बताएका छन्।घटनाका बारेमा अनुसन्धान भैरहेको जनाइएको छ।