रावलले बुझाए प्रदेश प्रमुख समक्ष राजिनामा
2023/02/09, 8:24
 
ss

सुदूरपश्चिम प्रदेशसभाबाट बिश्वासको मत प्राप्त गर्न नसकेका मुख्यमन्त्री राजेन्द्र सिहं रावलले प्रदेश प्रमुख देवराज जोशीलाई राजिनामा पत्र बुझाएका छन् । आज प्रदेशसभामा बिश्वासको मतका लागी प्रस्ताव पेस गरेका रावलले मत प्राप्त गर्न सकेका थिएनन् । उनले आजै प्रदेश प्रमुख समक्ष गई राजिनामा बुझाएका छन् ।

मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि मतदानसम्म पनि पुग्न सकेन। तर ध्वनी मतबाट गरिएको मत विमाजनको प्रस्तावको विपक्षमा धेरै सांसदले हात उठाएकाले विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरेका थिए।

सत्तारुढसँगै रहेको नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री बनेका रावलले विश्वासको मत नपाएपछि उनले मुख्यमन्त्री पद गुमाएका हुन्।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ३ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो। यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।