
सुदूर पश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कमल शाह नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले नेपाली काँग्रेसका संसदीय दलका नेता शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शाहलाई नेपालको संबिधान २०७२ को धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुख जोशीले बताए । एक महिनाअघि मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले आज प्रदेश सभामा विश्वासको मत मागेका थिए ।
विश्वासको मत पाएनन । उनी अल्पमतमा परे । रावलले विश्वासको मत गुमाएको जानकारी सुदूर पश्चिम प्रदेश सभा सचिवालयले जानकारी दिएपछि प्रदेश प्रमुख जोशीले ठूलो दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरे ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/29, 7:25
2020/12/23, 6:04
2021/03/23, 5:11
2022/09/12, 12:05