सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथ, एकीकृत समाजवादीसहित सानो मन्त्रिपरिषद् गठन
2023/02/10, 5:19
 
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथ, एकीकृत समाजवादीसहित सानो मन्त्रिपरिषद् गठन

धनगढी - सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रवार प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

मुख्यमन्त्री शाहले शपथ लिएसँगै एकीकृत समाजवादीलाई समेटेर तीन जनाको मन्त्रिपरिषद् समेत गठन गरेका छन्। मन्त्री हुनेमा भौतिक पूर्वाधार विकासमा काङ्ग्रेसका प्रकाशबहादुर देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा एकीकृत समाजवादीका नरेशकुमार शाही रहेका छन्। नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथ लिएका छन्।

एमालेबाट मुख्यमन्त्री रहेका राजेन्द्र रावलले विश्वासको मत प्राप्न गर्न नसकेपछि बिहीवार उनले पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख जोशीले कांग्रेस संसदीय दलका नेता शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।