भ्रष्टाचार नियन्त्रण गर्ने प्रदेश सरकारको पहिलो निर्णय
2023/02/10, 5:50
 
crct

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पदभार ग्रहण गर्र्दै प्रदेश सरकारमा भएको अनियमितता र भ्रष्टचारलाई नियन्त्रण गर्ने  पहिलो निर्णय गरेका छन् । 

पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन्। मुख्यमन्त्री शाहका अनुसार ३० दिनभित्र समितिले प्रतिवेदन पेश गर्ने बताए। उनले भने, ‘प्रदेशमा भ्रष्टाचार हुने गरेको गुनासो छ। भ्रष्टाचारका कुराहरु आएका छन्। भ्रष्टाचार नियन्त्रणका लागि कार्य योजना तर्जुृमा गर्न समिति गठन गर्ने निर्णय गरेका छौँ। ३० दिनभित्र समितिले प्रतिवेदन बुझाउने छ।’

प्रदेश सरकार मातहत हुने कार्यायोजना तर्जुमा गर्नु प्रदेश सरकारले एक समिति बनाउने मुख्यमन्त्री शाहले बताए ।  यो सरकारलाई नियमित गर्नका लागी प्रदेशका सबै पार्टी संग बहस गर्ने गरी सबै मिलि प्रदेशको बिकास गर्नमा लागी पर्ने बताए ।