सुदुरपश्चिमका निवर्तमान मुख्यमन्त्री रावलले भने- उन्मुक्तीको माग पुरा गर्न हामी अदालत हौइनौं !
2023/02/10, 6:20
 
ss

सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले नागरिक उन्मुक्तीका कारण आफ्नो नेतृत्वको सरकार ढलेको बताएका छन्। उनले सँचारकर्मीसँग कुरा गर्दै उन्मुक्तीको माग र रेशम चौधरीको रिहाई हुन नसक्दा आफु नेतृत्वको सरकार ढलेको बताए। उनले भने, ‘टीकापुर घटनामा संलग्न रहेका रेशम चौधरीलाई कारागारबाट छुटाउन नसक्दा सरकार ढलेको हो,’ ‘झगडियालाई हामीले कसरी छुटाउन सक्छौं र उनले भने । उहाँलाई त अदालतले फैसला गर्ने हो, हामीले छुटाउनलाई हामी अदालत त हाईनौ नि रु उनले भने। नागरिक उन्मुक्ती पार्टिले आफ्ना माग सम्बोधन र रेशम रिहाई नभएसम्म मुख्यमन्त्रीमा बिश्वासको मत नदिने बताउँदै आएका थिए । काठमाण्डौँमै रहेका ७ सांसद बिहीबारको प्रदेशसभाको बैठकमा उपस्थीत थिएनन्।

मुख्यमन्त्रीमा रावल नियुक्त गर्न समर्थनमा हस्ताक्षर गरेका उन्मुक्तिका ७ सांसदले बिश्वासको मत नदिदा १ महिना नपुग्दै सरकार ढलेको हो। बहुमत नपुगेपछि मुख्यमन्त्रीबाट रावल बाहिरिन बाध्य भएका हुन्। रावलले उतीबेला साथ दिन्छु भनेर हस्ताक्षर गर्ने उन्मुक्तीले अहिले साथ किन नदिएको यो बारेमा थाहा नभएको बताए।

उनले उतीबेला हामीले कोही कसैसँग पनि बाचा कसम नगरेको र काठमाण्डौं गएका बेला उन्मुक्तीका सांसदहरुसँग समान्य भेटघाट गरेको बताए । तर रेशम चौधरी र उनका सांसदलाई छुटाउने भनेर आश्वासन नदिएको बताए। थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरिक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र एक जना बालकसहित ८ जनाको मृत्यु भएको थियो।

टीकापुर घटनाको मुख्य योजनाकारको अभियोग लागेका रेशमलाई अदालतले दोषी ठहर गर्दै आजीवन कारागारको सजाय सुनाएको थियो । उनकै संरक्षणमा खुलेको नागरिक उन्मुक्ति पार्टीले रेशमलगायत कैदीलाई छुटाउँनुपर्ने मुख्य माग राख्दै आएको छ। यस्तै कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण चौधरी ट्याक्टर जलाएको आरोपमा कारागार लगीएपछि नागरिक उन्मुक्ती थप चिडीएको थियो।