मुख्यमन्त्री शाह रेशमको घरमा पुगे, भन्छन्,-टीकापुर घटनाका बन्दी छिट्टै रिहाइ हुन्छन्
2023/02/11, 12:18
 
ss

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले रेशम चौधरीका परिवारसँग भेट गरेका छन् । नवनियुक्त मुख्यमन्त्री शाहले पदभार ग्रहणको दोस्रो दिन कैलाली जानकि गाउपालिका ६ जगतपुरमा पुगेर उन्मुक्ति पार्टिका संरक्षक रेशमका घरपरिवारसंग भेटघाट गरेका हुन्। आज बिहान उनले रेशमको निवासमै पुगेर रेशमकी आमा र परिवारका अन्य सदस्यसँग घरमा पुगेर भेट गरेका हुन्।

भेटमा मुुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने आश्वासन दिएका छन् । उनले ‘टीकापुर घटनालाई राजनीतिक रूपमा हेर्नुपर्छ र त्यही हिसाबले समाधान हुनुपर्छ, छिटोभन्दा छिटो रेशमको रिहाइ र टीकापुर घटनाका बन्दीहरूलाई छुटाउने अभियानमा म आजैदेखि लागिसके’, उनले भने । शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। जसका लागि २७ सांसदको समर्थन चाहिन्छ।

सुदूरपश्चिम प्रदेश सभामा नाउपा निर्णायक रहेको छ। यसअघि नेकपा एमाले नेतृत्वको सरकारलाई नाउपाले विश्वासको मत नदिएपछि एक महिनामै ढलेको थियो।मुख्यमन्त्री शाहले हिजो शुक्रवारनै दुई सदस्यीय मन्त्रिपरिषद पनि विस्तार गरेका छन् । उनले कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका छन् ।मन्त्रीमा नियुक्त भएकाहरुले पनि आजनै पद तथा गोपनियताको शपथ लिएका छन् ।सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक ९, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपा र स्वतन्त्रबाट १,१ जना सांसद रहेका छन्।