प्रधानमन्त्रीद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीको निरीक्षण
2023/02/13, 12:18
 
PM

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ले गेटा स्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिम आएका उनले आज शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण गरेका हुन् ।  आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने  निर्णय गरेको थियो ।  यसपछि प्रधानमन्त्री महेन्द्रनगर प्रस्थान गर्ने छन् । 

महेन्द्रनगरमै खाना खाने र त्यसपछि सुख्खा बन्दरगाह,महाकाली पुल,महाकाली कोरिडोरको निरीक्षण अवलोकन र छलफल गरेर महेन्द्रनगर फिर्ता हुने जनाइएको छ ।

२ः३० बजे जनयुद्ध दिवसको अवसरमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने र २ः४५ मा कञ्चनपुर महोत्सवमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आजै ४ः३० मा धनगढी विमानस्थल पुग्ने र काठमाडौँ फर्किने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको छ ।