
कैलालीको अत्तरियामा लघुवित्तिय संस्थाहरुको ज्यादती विरुद्ध विरोध प्रर्दशन गरिएको छ । देशव्यापी विरोध प्रदर्शन अन्तर्गत अत्तरियामा पनि लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति सुदुरपश्चिमले लघुवित्तिय संस्थाहरु खारेज गरौ भन्दै प्रदर्शन गरेको हो ।

बाचौ बचाऔं र अघिबढौ, लघुवित्तिय संस्थाहरुको ज्यादती विरुद्ध एक जुट हौ भन्ने नाराका साथ बिभिन्न मागहरु राख्दै प्रदर्शन गरिएको छ । नवसामन्तीको रूपमा स्थापित लघुवित्तिय संस्थाहरू खारेज गर, लघुवित्तिय संस्थाहरूद्वारा लगाईएको सामुहिक ऋण मिनाह गर, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर लगायतका मागहरु रहेका छन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2022/05/15, 1:53
2023/01/03, 4:09