
धनगढी उपमहानगर नेतृत्वको बजार अनुगमन टोलीले शुक्रबार धनगढीका विभिन्न १४ वटा व्यापारिक फामको अनुगमन गरेको छ । उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण अधिकृत नारायणप्रसाद शर्मा नेतृत्वको बजार अनुगमन टोलीले होटल डिभोटीसहित किराना पसल, कस्मेटिक पसल, दूध डेरी, लुगा पसल, नाई पसललगायतमा अनुगमन गरेको हो ।

धनगढीको चकमेली चोक, लभली चोक, पिपल चौताराका विभिन्न व्यापारिक फर्ममा अनुगमन गरिएको उपभोक्ता हित संरक्षण अधिकृत शर्माले बताए । उनका अनुसार अनुगमनका क्रममा डिभोटी होटलमा सरफाइमा केही कमजोरी फेला परेको छ ।
होटललाई सरफाइमा ध्यान दिन भन्दै सम्झाई बुझाई गरिएको छ । किराना पसल, कस्मेटिक पसल, डेरी, लुगा पसलमा केही म्याद नाघेका सामान फेला परेको, मूल्यसूची नभएको भेटिएको अधिकृत शर्माले बताए । उपमहानगरपालिकाले अहिले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22