
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँमा आरसीसी मोटरेबल पुल निर्माण शिलान्यास गरिएको छ । कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले मंगलबार बिहान एक समारोहकाबिच पुलको शिलन्यास गरेका हुन् ।

पुल निर्माण कार्य सम्पन्न भएमा स्थानियवासीलाई आवतजावत गर्न सहज हुने उनको भनाई छ । उनले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनिसंग अनुरोध गरे । उनले गुणस्तरमा पनि ध्यान दिन जरूरी रहेको बताए ।
चार करोड नौ लाख ५५ हजार आठ सय ७६ लागतमा निर्माण हुन लागेको पुलको ठेक्का सम्झौता मणिलेक आँसु जेभीसंग भएको छ । पुस ११ गते ठेक्का सम्झौता भएको सो पुलको निर्माण कार्य २०८१ साल असार १५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/01, 4:48
2021/05/08, 5:51
2021/12/03, 12:02
2022/12/02, 7:10
2024/05/06, 3:41