धनगढी उप-महानगरपालिकाले सार्वजनिक शौचालय डिजाइन प्रतियोगिता गर्दै
2023/02/14, 1:12
 
ss

धनगढी उपमहानगरपालिकाले उपमहानगरका लागि प्रस्तावित सार्वजनिक शौचालयको डिजाइन प्रतियोगिता गर्ने भएको छ । उप(महानगरले धनगढी उप(महानगर हाता भित्र सार्वजनिक शौचालय निर्माण गर्नको निम्ति उक्त प्रतियोगिता गर्ने भएको हो । नगरपालिका भवन र धनगढी पार्कको छेउमा रहेको  घद्ध।घण्mह् घण्।छm क्षेत्रफल रहेको सार्वजनिक शौचालयलाई भत्काएर नयाँ सार्वजनिक शौचालय निर्माण गर्ने तयारी उप(महानगरको रहेको छ । उक्त डिजाइनमा नगरपालिकाको पार्किङ आवश्यकता पनि पूरा गर्नुपर्ने जनाइएको छ । 

प्रतियोगितामा सहभागी हुनका लागी २०७९ फागुन २१ गते आइतबार सम्मको समय सीमा तोकिएको छ । भने सहभागीहरूलाई सबै कागजातहरू एउटै पिडिएफ र भिडियो फाइलमा उप महानगरको इमेल ठेगाना info@sona.org.np or dhangadhimun2013@gmail.com  मा पठाउन अनुरोध गरीएको छ । 

यस्तै, प्रतियोगितामा भाग लिनको लागी प्रतियोगी वास्तुविद् र वास्तुकलाका विद्यार्थीहरू,  तीन जना ९अधिकतम० व्यक्ति वा टोलीले डिजाइन प्रतियोगितामा भाग लिन सक्ने छन् । भने टोलीका सदस्यहरू मध्ये एक सोना सदस्य हुनुपर्ने छ । यसका साथै, सहभागी वास्तुकारहरूसँग सोसाइटी अफ नेपाली आर्किटेक्ट सोनाको वैधरनवीकरण सदस्यता हुनुपर्ने प्रावधान राखिएको छ । 

त्यस्तै, सबै प्रतियोगीहरू लाई सहभागिताको प्रमाणपत्र तथा दुई जना विजेताहरूलाई नगद पुरस्कार अन्तरगत प्रथम पुरस्कार – रु १,२५,००० र दोस्रो पुरस्कार रु ७५,००० प्रदान गरिने उपमहानगरले जनाएको छ । भने पुरस्कार राशिमा कर मापदण्ड अनुसार काट्ने समेत उपमहानगरले स्पष्ट पारेको छ ।