धनगढीमा लागुऔषध सहित तीन जना युवा पक्राउ
2023/02/14, 5:46
 
ss

धनगढीमा लागुऔषधसहित तिन जना युवा प्रक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानबाट दुई सय १० मिलिग्राम अवैध लागुऔषध सहित ३ जना पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–८ बुद्ध चोकका २१ वर्षीया मनिका वुढा, धनगढीगाँउका २६ वर्षीय महेश राना र २० वर्षीय रामलखन राना रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई अवैध लागुऔषधसहित पक्राउ गरेको हो । त्यस्तै जानकी गाउँपालिका–६ जगतपुर घर भई टीकापुर नगरपालिका–१ ब्लक नम्बर १४ बस्ने २४ वर्षीय नुतन कडायत पनि पक्राउ परेका छन् । उनी अवैध लागूऔषध १ सय मिलिग्रामसहित सोमबार दिउँसो पक्राउ परेका हुन ।

मउईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले नुतनले सञ्चालन गरेको नमस्ते होटलमा बसिरहेको अवस्थामा लागूऔषधसहित फेला परेपछि पक्राउ गरिएको थियो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।