माया मेट्रो हस्पिटलद्धारा प्रणय दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना
2023/02/14, 7:10
 
ss

धनगढीको चटकपुरमा रहेको माया मेट्रो हस्पिटलको आयोजनामा रक्तादन कार्यक्रम सम्पन्न भएको छ । प्रणय दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । हस्पिटलले प्रत्येक बर्ष फेब्ररी १४ तारिखमा रक्तादन कार्यक्रम गर्दै आएकोमा यो बर्ष पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिईएको हो । 

1

कार्यक्रममा ७० जनाले रक्तदान गरेको माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावदले जानकारी दिए । उनका अनुसार आगामी बर्ष पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिईनेछ । कार्यक्रमको उद्घाटन एक सय पटक रक्तदान गरेका धनगढीका पत्रकार दिपक उपाध्यायलाई सम्मान गर्दै गरिएको थियो ।

2

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, संघका प्रमुख सल्लाहकार रुपेश स्वार, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य दिपक साउँद लगायतको सहभागीता रहेको थियो ।