सुदूरपश्चिमका डीआईजी सिंह विरुद्ध अख्तियारमा उजुरी
2023/02/15, 3:11
 
ss

नेपाल प्रहरीका नायव महानिरीक्षक ९डीआईजी० अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । जन्ममिति तथा शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली भएको दाबी गर्दै सिंहविरुद्ध अख्तियारमा उजुरी दर्ता गरिएको हो ।

हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहले जन्म मिति सच्याएर र नक्कली शैक्षिक योग्यताको प्रमाण पेस गरेर जागिर खाएको आरोप लगाउँदै छानबिनको माग गरिएको छ ।सिंहले भारतीय शैक्षिक प्रमाणपत्र पेस गरेको र उक्त कलेजमा उनी पढ्दै नपढेकाले उक्त शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबी उजुरीमा गरिएको छ ।

उमेर पनि सच्याएकाले उनी हाल बहालमा रहेको नत्र डीआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा गइसक्नुपर्ने दाबी गरिएको छ । डीआईजी सिंहको अहिले एआईजी बढुवा हुने बेला भएको छ । सिंहकै ब्याचबाट आगामी चैतमा १ जना आईजी ९महानिरीक्षकं० हुनेछन् । सिंह समेत भावी आईजीको दाबेदार हुन् ।