महिन्द्राको आधिकारिक बिक्रेता ठाकुर मोटर्सद्वारा बिक्री सुरु
2023/02/16, 12:11
 
ss

 महिन्द्रा फोर ह्वीलरको आधिकारिक बिक्रेता ठाकुर मोटर्स प्रा लि धनगढीले बिक्रि सुरु गरेको छ । बुधवार एकै दिन दुई वटा महिन्द्रा बलेरो बिक्री गर्दै ठाकुर मोटर्सले बिक्री सुरु गरेको हो । 

हालै आधिकारिक बिक्रेताको जिम्मेवारी पाएको ठाकुर मोटर्स प्रा लि धनगढीले पहिलो दिनमै दुई वटा महिन्द्रा बलेरो क्याम्पर बिक्री गरेको हो । ठाकुर मोटर्स प्रा लिका निर्देशक शुभ ठाकुरले बलेरो खरीद कर्ता संस्था च्यारिटी हेल्थ फाउण्डेसनका सदस्य लक्ष्मीकान्त ढकाल र अर्का ग्राहक बहादुर बोहरालाई महिन्द्रा बलेरोको चावी हस्तान्तरण गरे ।

1

ठाकुर मोटर्स प्रालिका निर्देशक ठाकुरले विश्वास गरेर महिन्द्राका गाडीहरु खरीद गरेकोमा खरीदकर्ताहरुलाई धन्यवाद दिए ।  उनले गाडीको बिक्रीसंगै ग्राहकहरुको सेवा र सुबिधालाई मध्यनजर गर्दै सर्भिस र पार्ट्सको बिक्री सहितका सेवाहरु प्रदान गरिरहेको बताए ।

1

ग्राहकहरुको मागका आधारमा महिन्द्राका बिभिन्न मोडेल र सुबिधाका गाडीहरु सहजै समयमा उपलब्ध गराउने निर्देशक ठाकुरको प्रतिबद्धता थियो । नेपालका लागि अग्नी ईन्कोर्पेरेट काठमाण्डौं महिन्द्रा फोर ह्वीलरको आधिकारिक बिक्रेता हो ।