रंगुन खोलाको बाढीले धान फल्ने फाँट बगरमा परिणत भएपछि माछापालन
2023/02/16, 12:23
 
dd

डेढ दशकअघि रंगुन खोलाको बाढीले धान फल्ने फाँट बगरमा परिणत भयो । खेतभरि ग्राभेल भरिएर खनजोत गर्नै नसकिने भयो । अग्लो खेत बगाएर सिमसारमा परिणत भयो । डडेलधुराको परशुराम नगरपालिका–६ ठण्डाजालाका केही किसानले अहिले त्यहि बगर भएको जमिनमा माछा पालन सुरु गरेका छन् । किसानले हाल सिमसार बनेको जमिनमा पोखरी निर्माण गरेर माछा पालन सुरु गरेका हुन् ।
बिज्ञापन

‘बाढीले जमिन बगाएर बगर भयो, धान गहुँ लाउनै मिल्दैन,’ ठण्डाजालाका कर्णबहादुर साउदले भने, ‘अहिले माछा पालन सुरु गरेका छौं ।’ उनले एउटा पोखरी निर्माण गरेका छन् । त्यसमा १ हजार माछाका भुरा हालेका छन् । असारमा हालेका भुरा अहिले एक किलोग्राम आसपास पुगेका छन् । साउदले माछा बिक्री पनि सुरु गरिसकेका छन् । त्यहि माछा बिक्री गरेर घर खर्च चलाउन सजिलो भएको उनले बताए । प्रतिकिलो ४र५ सयमा बिक्री भइरहेको उनले बताए ।

ठण्डाजालाकै कृष्णबहादुर साउदले पनि गत वर्षदेखि माछा पाल्न थालेका छन् । यसबाट घर खर्च चलाउन सजिलो भएको उनी बताउँछन् । रंगुन खोलाको बाढीले आधा बिघा जमिन बगर भएको जमिनमा माछा पाल्न थालेको उनी बताउँछन् । अहिले माछा पालन सुरु गरेका उनले घर खर्च चलाउन केही राहात हुने आशा गरेका छन् । ८ महिनाअघि हालेका भुरा अहिले एक किलोग्राम वजनसम्म भएका छन् । ठण्डाजालाका ६ परिवारले माछा पालन गरिरहेका छन् । उनीहरूले खेर गएको जमिनको सदुपयोगसँंगै स्वरोजगार हुने उपाय खोजेका हुन् । कान्तिपुरबाट