बचत गरेको रकम फिर्ताको माग गर्दै सहकारीका बचतकर्ता आन्दोलित
2023/02/16, 6:17
 
ss

आफूले बचत गरेको रकम फिर्ताको गर्न माग गर्दै शिव शिखर बहूद्देश्यीय  संस्थाका धनगढी शाखाका बचतकर्ता आन्दोलित भएका छन्  ।संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै बिहीबार शिव शिखर बहूद्देश्यीय सहकारी पीडित संर्घष समितिले धनगढीमा शान्तिपूर्ण आन्दोलन समेत गरेको छ ।सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा सेवाग्राहीहरू मर्कामा परेका छन् ।बचतकर्ताको रकम असुल्न खोजेको भन्दै उनीहरूले सहकारीलाई कारबाही गर्न समेत माग गरेका छन् ।

No description available.

‘हाम्रो बचतको ग्यारेन्टी गर, बचत कर्ताको रकम तुरुन्त फिर्ता गर’ लगायतका माग राख्दै बचतकर्ता आन्दोलनमा उत्रिएका हुन् ।शिव शिखर बहूद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष देवदत्त भट्टले शिव शिखर बहूद्देश्यीय धनगढी शाखाले बचत कर्ताको १५ अरब ८० करोड रुपैयाँ  खाएर भागेको बताए ।बचतकर्ताको सो रकम फिर्ता नहुँदा आफूहरूको आन्दोलन जारी रहने उनले बताए ।

‘हामीले प्रशासनिक रुपमा सबै ठाउँमा जानकारी गराइसकेका छौँ’उनले भने,‘प्रधानमन्त्रीलाई पनि ज्ञापन पत्र बुझाइसकेका छौँ, जबसम्म बचतकर्ताले आफ्नो पैसा पाउँदैनन् तब सम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ 

यस्तै अर्का बचतकर्ता धर्मराज जैशीले पनि  आफूले ६ लाख रकम जम्मा गरेको भए पनि अहिले सरकारी नै बन्द भएपछि वर्षौदेखिको मिहिनेत खेर गएको बताए । उनले स्थानीयले प्रशासनले समेत सो बारे कुनै चासो नराखेको आरोप लगाए ।

No description available.

‘दिनभरि ज्यालादारी गरेर जम्मा गरेको रकम हो । अहिले सो सहकारीका पदाधिकारी फरार छन् । भविष्यमा छोराछोरी पढाउनको लागि, घर खर्च चलाउन सजिलो होला भनेर सहकारीमा वर्षौँदेखि पैसा जम्मा गरेको थिए । तर अहिले सरकारीले यस्तो बदमासी ग¥र्यो,’उनले भने,‘हामीले स्थानीय प्रशासनलाई समेत जानकारी गराइसकेका थियौ, तर प्रशासनले समेत अहिलेसम्म कुनै सुनुवाइ गर्न सकेको छैन ।’

यस्तै धनगढीको क्याम्पस रोडमा किराना पसल सञ्चालन गर्दै आएकी पदमा ऐरले पनि आफ्नो मिहिनेत खेर गएको गुनासो गरेकी छन् । उनले सो सहकारी संस्थामा करिब १२ लाख रकम जम्मा गरेको बताइन ।अहिले सहकारीका पदाधिकारी नै फरार भएपछि आफ्नो रकम पाउने हो कि होइन भन्ने चिन्ता बढेको उनले बताइन् । 

No description available.

भक्तपुर केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले सेवाग्राहीहरूले बचत गरेको रकम फिर्ता गर्न नसेको भन्दै केही दिन अघि सहकारीको कार्यालय समेत घेराउ गरेका थिए । दैनिक बचत, फिक्स बचतकर्तादेखि ठुलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता मागिरहेको बताएका छन्। केही दिन यता सहकारीको धनगढी स्थित कार्यालय  दिनभरि निक्षेप फिर्ता माग्ने ग्राहकको घुइँचो  लाग्न थालेपछि सहकारी कर्मचारी नै सम्पर्क विहीन भएपछि थप आंशका बचतकर्तामा छाएको छ ।

सहकारीले दैनिक चल्ती खातामार्फत रकम सङ्कलन गर्दै आएको थियो।  देशभर सेवा विस्तार गर्दै आएको शिव शिखरले सेयर धनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने भन्दै केही दिन अघिबाट धनगढी सेवा कार्यालय नै बन्द गरेको छ ।  सहकारीका सुदूरपश्चिम प्रदेशका वरिष्ट प्रबन्धक हेमराज जोशीले भने एकै पटक बचतकर्ता  पैसा फिर्ता माग्न कार्यालय घेर्न थालेपछि समस्या उत्पन्न भएको बताएका छन् ।