जिल्ला समन्वय समिति कैलालीको सातौं जिल्ला सभा सुरु
2023/02/17, 12:31
 
tyuuuuui8

 जिल्ला समन्वय समिति कैलालीको सातौं जिल्ला सभा धनगढीमा शुरू भएको छ । कैलालीका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्यको सहभागितामा सभा शुक्रबार शुरू भएको हो । सभाको प्रदेशका मुख्यमन्त्री कमल शाहले दिपप्रज्वलन गरि समुद्घाटन गरेका हुन् । मुख्यमन्त्री शाहले विधि र पद्धतिमा अघि नबढेसम्म प्रदेशको विकास सम्भव नरहेको बताए ।

उनले योजनामा कमिसन लिने, आर्थिक चलखेलमा लाग्ने, शुसासन कायम नगर्ने जस्ता गतिविधिको अन्त्य गर्नुपर्ने बताए ।प्रदेशमा शुसासन कायम गराउन कटिवद्ध भएर लाग्न स्थानिय जनप्रतिनिधिसंग अनुरोध गरे । मुख्यमन्त्री शाहले प्रदेशमा छिट्टै स्थिर सरकार बन्ने बताए । नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गर्दै भने तपाईहरूकै कृपा र आर्शिवादले म मुख्यमन्त्रीमा नियुक्त भएको छु । स्थिर सरकार बनाउन पनि सहयोग पाउने आशा छ ।

प्रदेशकी उपसभामुख कोईलीदेवी चौधरीले प्रदेश सरकार बन्न नसक्दा जनताका समस्या समाधान गर्न नसकिएको र प्रदेशको विकासका गतिविधि अघि बढ्न नसकेको बताईन । नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश बमले जिल्फा समन्वय समितिलाई अधिकार सम्पन्न बनाउन जरूरी रहेको बताए । उनले संघियता जारी भएसंगै जिससका अधिकार र बजेट कटौति हुनु उपयुक्त नरहेको बताए ।

उनले भने जिससलाई जिम्मेवारी नदिने र नाममात्रैको बनाउनु ठिक होईन । संविधान दिएका अधिकार जिससमा लागू गरिनुपर्छ । जिसस अधिकारी धर्मराज विनाडीको अध्यक्षतामा भएको सभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश सभा सदस्य खेमा विष्ट लगायतले सम्बोधन गरेका थिए ।

सभामा जिल्लाभित्र रहेका स्थानिय तहका समस्या, सीमा विवाद, योजनामा समन्वय अभाव लगायतका विषयमा छलफल तथा निष्कर्ष निकालि विभिन्न निर्णय गर्ने छ ।