
कैलालीमा एक हजारका १७ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–२ बिजयनगरका २३ वर्षीय तपेन्द्र शाही पक्राउ परेका हुन्।

एकतर्फी रंगीन प्रिन्ट गरेका एक हजार दरका १३ थान र दुबैतर्फ प्रिन्ट गरी जोडेको चार थान गरी १७ थान एक हजार दरका नक्कली नोटसहित शाही पक्राउ परेका छन्।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका–१ शिव मन्दिर बाहिर रहेको खुद्रा पसलमा एक हजारको नेपाली नोट साटी रहेको अवस्थामा शाहीलाई फेला पारेको थियो। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिहेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15