कञ्चनपुरमा दुईलाख २८ हजार बढीको अबैध समान बरामद
2023/02/19, 2:07
 
dd

कञ्चनपुरमा दुईलाख २८ हजार बढीको अबैध समान प्रहरीले बरामद गरेको छ। आईतबार बिहान ३ बजे बिशेष सुराकीको आधारमा प्रहरीले कञ्चनपुर भिमदत्त नगरपालीका १० काठेपुल नजिक अवैध रुपमा भन्सार छली गरी ल्याइएका वेवारीसे अबैध सामान बरामद गरेको हो।

२ लाख २१ हजार ७८० मुल्यका अबैध सामान बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरीका कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भन्सार खलीका बिभिन्न किसिमका चप्पल,कपडा,हार्डवयरका समान,बाईरिङका समान, बिडी गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरिएको उक्त सर(समान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।