धनगढीबाट बिभिन्न मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ
2023/02/20, 5:29
 
ss

धनगढीमा बिभिन्न मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले आज दिउँसो १२ बजे धनगढी ४ स्थित अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले कर्तब्य ज्यान मुद्दाका र चोरी मुद्दाका गरी २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले धनगढी ४ का ३६ बर्षिय कर्तब्य ज्यान मुद्दाका अर्जुन भट्टराईलाई पक्राउ गरिएको बताए। जिल्ला अदालत कैलालीले उनलाई मिति २०६६ कार्तिक २४ गतेको फैसलाले २ बर्ष कैद तोकिएकोमा फरार रहेको बताए। यस्तै धनगढी वडा नम्बर ४ कै ४७ बर्षीय मोहन शाहलाई पक्राउ गरिएको प्रहरी निरीक्षक साउँदले जानकारी दिए।

चोरी मुद्दाका फरार प्रतिवादी शाहलाई कैलाली अदालतले मिति २०७१ माघ २४ गतेको फैसलाले ४ दिन कैद र ३२ हजार जरिवाना तोकिएको थियो । उनीहरु दुर्बलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको कैलाली प्रहरीले जनाएको छ।