सुदूरपश्चिममा लगानी गर्न लगानीकर्ताहरूलाई मुख्यमन्त्री शाहको आग्रह
2023/02/20, 5:34
 
ss

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले प्रदेश लगानीकर्ताहरूलाई  सुदूरपश्चिममा लगानी गर्न आग्रह गरेका छन् ।   सोमवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाटको कार्यक्रममा उनले  प्रदेश सरकारले दिन सक्ने सुविधाहरू दिन तयार रहेकोले सुदूरमा लगानी गर्न आह्वान गरेका हुन् । 

 मुख्यमन्त्री शाहले लगानीकर्ताहरूलाई प्रदेश सरकारले दिन सक्ने सुविधाहरू दिन तयार रहेकोले सुदूरमा लगानी गर्न आह्वान गरे । ‘लगानीकर्ता मित्रहरूलाई यो प्रदेश सरकारले के सुविधा दिनुपर्छ , त्यो हामी दिन तयार छौँ । आउनुहोस् तपाईँहरू लगानी गर्नुहोस्,’ उनले भने,‘राज्यका तर्फबाट यो चिज भएन भन्ने वातावरण हुन दिँदैनौ । खुला रूपले हामी आह्वान गर्छौ । कुनै पनि क्षेत्रमा उद्योग स्थापना गर्न चाहने व्यक्तिहरू, समूहहरू आउनुहोस्  । सुदूरपश्चिमको समग्र विकासका लागि तपाईकोहरुको पनि भूमिका रहोस् । यसका लागि हामी छलफल गरी अगाडि बढ्न हामी तयार छौँ ।’