लाल आयोगको प्रतिवेदनबारे नागरिक उन्मुक्ति पार्टीले माग्यो प्रधानमन्त्रीको धारणा
2023/02/22, 1:37

धनगढी - नागरिक उन्मुक्ति पार्टीले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेको छ ।

‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक-पटक भनिरहेका छौं । पटक–पटक प्रधानमन्त्रीबाट यो धारणा व्यक्त भएको छैन्,’ बुधबार प्रतिनिधिसभामा विशेष मिय लिएर नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम थारूले भने ।
विगतमा पनि यस्तो माग गर्दै आएको र प्रधानमन्त्रीको धारणा नआएको भन्दै उनले सदनमा अवरोधको सुरुवात गर्ने तयारीमा रहेको सुनाए । ‘त्यसैले गर्दा अब हामी बाध्य हुनेछौं सदन विरुद्ध । आजैदेखि सदन विरुद्धको तयारीमा छौं’ उनले भने ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15