धनगढीमा सशस्त्र प्रहरीद्धारा ९ किलो चरेशसहित ३ जनालाई पक्राउ
2023/02/22, 5:23
 
धनगढीमा सशस्त्र प्रहरीद्धारा ९ किलो चरेशसहित ३ जनालाई पक्राउ

धनगढी - कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एफगाउँबाट सशस्त्र प्रहरीले चरेश सहित ३ जनालाई पक्राउ गरेको छ । एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट आरोपीहरुको साथबाट ९ किलो चरेश बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा रोल्पाको थवाङ्ग गाँउपालिका–५ घर भएका ४४ वर्षिय कुमार पुन, दाङको लालमोटिया घर भएका ३९ वर्षिया पुनम पुन र ४१ वर्षिया दिलमाया पुन छन्।

बोर्डर आउट पोष्ट बिओपी फुलवारीबाट खटिएको टोलीले भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गरेको थियो। चेकजाँच गर्दा चरेश भेटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्तान शैलेन्द्र थापाले जानकारी दिए। बरामद चरेशसहित पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको कैलाली प्रहरीले जनाएको छ।