दार्चुलाका प्रहरी जवान कन्चटमा गोली लागेको अवस्थामा मृत फेला
2023/02/23, 12:51
 
ss

दार्चुलाका प्रहरी जवान कन्चटमा गोली लागेको अपस्थामा मृत फेला परेका छन्। जिल्लाको अपी नगरपालिका वडा नम्बर ६ घर भइ प्रहरीचौकी सुकाटिया कालिकोट दरबन्दी भएका कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत २६ वर्षीय कविन्द्र विक दायाँ कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन्।

बिहीवार बिहान ३ बजेतिर कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत  प्रहरी जवान विक गोली लागेको अवस्थामा मृत फेला परेका प्रहरीले बताएको छ।  कन्चटमा लागेको गोली उनी आफैंले बोकेको एसएलआरको भएको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। विक बिहान १ बजेदेखि ३ बजेसम्मको समयमा ४ नम्बर प्रहरी पोष्टको ड्युटीमा खटिएका थिए।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमान्डमा ८ जनाको प्रहरी टोली खटिएको छ।