कैलालीमा हात्तिपाइले रोगविरूद्धको आम औषधि सेवन अभियान शुभारम्भ
2023/02/23, 6:08
 
ss

कैलालीमा बिहिबारदेखि हात्तिपाइले रोगविरूद्धको आम औषधि सेवन अभियान शुभारम्भ भएको छ । कैलाली जिल्ला समन्वय समितिको प्रङ्गणमा स्वास्थ्य कार्यालयको आयोजनामा अभियान शुभारम्भ गरिएको हो ।

अभियानको कैलाली प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले औषधि सेवन गर्दै शुभारम्भ गरे । उनले सम्पूर्ण जिल्लाबासीलाई औषधि सेवन गरि अभियानलाई सफल पार्न अनुरोध गरे । उनले भने कुनै पनि भ्रम, तथ्यहिन गफको पछाडी पर्नु हुँदैन । रोगबाट वचन औषधि सेवन गर्नुहोला । जिल्ला समन्वय समितिका उपप्रमुख खगराज भुषालले पनि औषधि सेवन गर्दै अभियानले रोग उन्मुलनमा सहयोग पुर्याउने बताए ।

अभियान शुभारम्भमा जिल्ला समन्वय समितिका कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, प्रदेश सभाका मर्यादापालक, कर्मचारी लगायतले औषधि सेवन गरे । आजदेखि शुरू भएको अभियान २५ गतेसम्म सञ्चालन हुने छ । जिल्लामा नौ लाख २६ हजार आठ सय ८८ जनसंख्या रहेकोमा आठ लाख ८० हजार छ सय ४७ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । जिल्लामा दुई वर्ष मुनिका बालबालिका २७ हजार पाँच सय ५५, गर्भवति महिलाको संख्या १३ हजार छ सय ८६ र सिकिस्त विरामी पाँच हजार रहेका छन् ।