
कैलालीको एक विद्यालयमा प्रधानाध्यापकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन । जिल्लाको गोदावरी नगरपालिका वडा नं ११ मा रहेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर पार्किले कक्षा ८ मा पढ्ने किशोर रोशन बि।क लाइ निर्घात कुटपिट गरेका हुन ।

प्रधानाध्यापकको कुटाईबाट घाईते भएका विद्यार्थी बिकको पद्मा अस्पताल अत्तरियामा उपचार भैरहेको छ । दुई समुह बिच विद्यालय परिषर बाहिर भएको ग्याङ फाईटका कारण प्रधानाध्यापकले आफुलाई कुटेको पिडित विद्यार्थी वि।क ले बताए ।
उनले आफुलाई लठ्ठी र ईट्टाले कुटपिट गरिएको बताए । तर यता प्रधानाध्यापक पार्किले भने आफुले विद्यार्थीलाई नकुटेको बताएका छन् । उनले आफुले ग्याङ फाईटको विषयलाई लिएर ति विद्यार्थीलाई सम्झाएको बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15