
कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–१४ बनकट्टी बस्ने ५८ वर्षीय हर्कबहादुर ऐडीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार २०६२ सालको भदौमा करेन्ट लागेर मृत्यु भएको घटनामा ऐडीले कर्तव्य ज्यान गरेको जिल्ला अदालतले ठहर गरेको थियो ।

घटना भएको दिनदेखि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15