निलम्बन फुकुवा भएका सांसद अरुणकुमार चौधरीले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने
2023/02/24, 7:33
 
निलम्बन फुकुवा भएका सांसद अरुणकुमार चौधरीले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने

धनगढी – नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । 
सुरुम निर्वाचन आयोगले मतदाता नामावलीमा उनको नाम समावेश गरेको थिएन । 
सांसद चौधरी ट्रकमा आगजनी गरेको घटनामा दोषी ठहर भइ जेल चलान भएका थिए । तर प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिएपछि चौधरी रिहा भए । रिहा भइसकेको भन्दै नामावलीमा नाम समावेश गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टीले निवेदन दिएको थियो । 
प्राप्त निवेदनका आधारमा मतदाता नामावलीमा चौधरीको नाम समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
यो संगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा ८८२ जनाले मतदान गर्न पाउनेछन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गतेका लागि तय भएको छ ।