सडक सुरक्षा सरकारको प्राथमिकता रहने छः मन्त्री देउवा
2023/02/25, 10:59
 
prakash deuba

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवाले सडक सुरक्षा प्रदेश सरकारको प्राथमिकता रहने बताएका छन् ।
सडक दुर्घटनाका कारण थुप्रै मानिसले अकालमै ज्यान गुमाईरहेका कारण मन्त्री देउवाले सडक दुर्घटना न्यूनिकरण गर्न प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रम प्राथमिकतमा राखेर ल्याउने बताएका हुन ।

नेश्नल एलाइन्स फोर सेफ एण्ड सस्टेन्एवल मोविलिटीको आयोजनामा धनगढीमा आयोजित सडक सूरक्षा सम्बन्धि जनचेतनामुलक कार्यक्रममा बोल्दै देउवाले ट्राफिक नियमको पूर्ण पालना भए दुर्घटनामा कमी ल्याउन सकिने बताए । ‘सडक दुर्घटना न्यूनिकरणका सबै नियमको पालना गराउनु व्यक्ति, सरकार, नागरिक समाज लगायत सबै नागरिकको कर्तव्य हो’ उनले भने –‘सवारी चलाउँदा भएको एक किसिमको सानो गल्तीले मानव र परिवारले ठुलो क्षति व्यहोर्नुपर्छ । त्यसैले ट्राफिक नियमको पूर्ण पालना आवश्यक रहेको छ ।’

उनले चेतनामुलक कार्यक्रमबाट मात्र सडक दुर्घटना न्यूनिकरण गर्न अर्थपूर्ण भुमिका निर्वाह गर्ने बताए ।  भौतिक पूर्वाधार मन्त्रालयका सचिव तुलसीराम भट्टराईले सडक तथा यातायात सम्बन्धी प्रदेश सरकारले ऐन ल्याईसकेको र छिट्टै नियमावली पनि ल्याउने बताए । उनले भने –‘सरकारले यातायात ऐन ल्याईसकेको छ । त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली पनि मन्त्रालयले तयार गरेको छ । छिट्टै सरोकारवालाहरु संग छलफल तथा राय सुझाव लिई अन्तिम रुप दिइनेछ ।’

उनले जनयुद्व, भुकम्प भन्दा पनि बढी मानविय क्षति सवारी दुर्घटनाका कारण भईरहेको बताए ।  सडक सुरक्षा अभियन्ता गोविन्द भट्टराईले सवारी दुर्घटना बढी दुई पाँग्रे हुने गरेको बताउँदै ‘मोटरसाईकलमा सवार बढी मानिसको अकालमै मृत्यु भएको देखिन्छ । त्यसैले सवारी दुर्घटनामा मानविय क्षति कमी ल्याउनले दुबै जनाले अनिवार्य हेल्मेट लगाउनुपर्ने व्यवस्था गरिनुपर्छ ।’ उनले सडक विकाससंगै सरकारले सवारी सुरक्षामा पनि जोड दिनुपर्ने बताए ।

पूर्व प्रहरी नायव उपरिक्षक विपीन गौतमले हेल्चक्र्याई, दु्रत गति, मादक पदार्थ सेवन गरि सवारी चलाउनु, ट्राफिक नियमको पालना नगर्नु लगायत विभिन्न मानविय कारण सवारी दुर्घटना हुने गरेको बताए । उनका अनुसार सवारी दुर्घटनामा परि सुदूरपश्चिम प्रदेशमा एक सय ८७ जनाको मृत्यु भएको थियो । त्यसैले सवारी दुर्घटनामा हुने मानविय ज्यान बचाउनतर्फ प्रदेश सरकार र स्थानीय तहले योजना बनाउन आवश्यक रहेको छ ।

एलाईन्सका उपसंयोजक तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओलीको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा उनले स्थानिय तहसम्मै समन्वय गर्ने गरि प्रदेश स्तरिय समिति गठन जरूरी रहेको बताए ।  सो का लागि ९ सदस्यिय समिति गठन गरिएको छ ।