इन्फोटेकमा आइटी हार्डवेयर र सफ्टवेयरको प्रवद्र्धन हुन्छः ओझा
2023/02/25, 11:23
 
ss

धनगढीमा फागुन १६ गतेदेखि २० गतेसम्म धनगढीमा आयोजना हुदैछ । यसै बिषयमा आयोजक क्यान महासंघ कैलालीका अध्यक्ष यज्ञराज ओझासँग कुराकानी गरेका छौं । 


क्यान इन्फोटेकको तयारी कस्तो छ ?

अहिले  हामी क्यान इन्फोटेकको तयारीको तिव्रतामा छौं । अहिलेसम्म हामीले स्पोन्सरको खोजी र स्टल बुकिङका् काम सम्पन्न गरेका छौं ।  तयारीको ९० प्रतिशत भन्दा बढी काम सकिएको छ ।

इन्फोटेकमा कस्ता व्यवसायीहरुको सहभागिता हुन्छ ?

इन्फोटेकमा सुचना प्रविधिका हार्डवेयर सप्लायर्सहरुको सहभागिता छ, सफ्टवेयर डेभलपरहरुको पनि सहभागिता छ । नेपालमा क्ष्ललयखबतष्यल भएका प्रविधिहरु देखाउने व्यवसायीहरुको यसपटकको इन्फोटेकमा सहभागिता रहेको छ

शैक्षिक संस्थाहरुलाई कसरी जोडेका छौं ?

 सुचना प्रविधिको प्रवद्र्धन गरिरहेका कलेजहरुको पनि यसपटकको इन्फोटेकमा  सहभागिता भैरहेको छ । कलेजले बिद्यार्थीहरुको ष्ललयखबतष्यल पनि प्रदर्शन गर्नेछन् ।

इन्फोटक गर्न खोजेको किन हो ?

इन्फोटक शव्दले नै सुचना प्रविधिको प्रदर्शन गर्नेल स्थल जनाउछ । त्यस हिसाबले कलेजले उत्पादन गरेका  दक्ष जनशक्तिले बजारमा आफ्नो प्रवद्र्धन कसरी गर्ने रु  हार्डवेयर र सफ्टवेयर व्यवसायीसँग कसरी जोडिएर जाने रु कलेजले उत्पादन गरेका जनशक्तिको दक्षता प्रदर्शन गरेर बजार सम्वन्ध बिस्तार गर्ने हो, टिकाउने बनाउने हो भन्ने हो । हार्डवेयर व्यवसायमा लागेकालाई पनि दक्ष जनशक्ति पाइने रहेछ भनेर बिश्वास सिजना गर्ने हो । कम्पनी  र कलेजहरुको समन्वयमा जनशक्ति सिर्जना  कसरी गर्ने भन्ने अन्तरक्रिया पनि इन्फोटेकमा गर्छौ ।

सफ्टवेयरले गर्दा नै हार्डवेयर चल्ने हो ।  सफ्टवेयरलाई पनि सँगसँगै प्रवद्र्धन गर्दाखेरि प्राविधिक कुराले मुर्त रुप पाउँछ । त्यस हिसाबले  प्राविधिक कुराको मुल रुपका लागि नै हामीले  सफ्टवेयर कम्पनीहरुलाई पनि आग्रह गरयौं । धेरैलाई  आग्रह गरिए पनि  सबै आएका छैनन्, केही आएका छन् ।

हार्डवेयर  रसफ्टवेयर पार्टको प्रदर्शनी मात्र हुन्छ कि बिचारको मन्थन पनि हुन्छ ?

आइटी हार्डवेयर र आइटी सफ्टवेयरका बीचको समन्वयका लागि दुई वटा सेमीनार राखेका छौं । त्यसमा आइटी टेक्निकल कलेज र उद्योगी व्यवसायीहरुलाई राखेर कस्तो जनशक्ति चाहिएको छ, कलेजहरुले कसरी दिन सक्छन् भनेर  अन्तरक्रिया गर्न खोजेका छौं । यसले जनशक्ति उत्पादन गर्न कलेजहरुलाई  सहज हुन्छ, जनशक्ति कामसँग जोड्न सकिन्छ  भन्ने हो । अर्को, पालिकाहरुसँगको समन्वयमा साइबर सुरक्षाका बारेमा दुई दिनको सेमीनार नै गर्ने तयारी पनि भैरहेको छ ।

कस्ता किसिमका आइटी हार्डवेयरहरुको सहभागिता हुदैछ ?

 यस पटक  इन्फोटेकमा नेपालको सबै भन्दा पुरानो कम्पनी मर्कन्टायल पनि सहभागी हुदैछ, कम्प्युटर ल्यापटपहरुको प्रर्दनी गर्नेछ । अन्य व्यवसायीहरु पनि जस्तै ः डेल, आशुष भन्ने कम्पनी जुन अहिले आक्रामक भएर आएको छ, उनीहरु पनि सहभागी हुदैछन् । एकाउन्टिङ सफ्टवेयर कम्पनीहरु प्नि सहभागी हुदैछन्,  । स्कुल सफ्टवेयर कम्पनी पनि आउदैछन् । पेमेन्टको  लागि नया कम्पनी पे वेल छ, त्यो पनि आउदैछ । नास्टको एउटा बस छ, जुन बसमा प्रविधिमा संसारकहा पुगेको छ भनेर प्रदर्शनी हुन्छ । हामी त्यो  बस ल्याउने बारेमा कुरा अघि बढाइरहेका छौं ।