
कञ्चनपुर - कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याइएको १० लाख रुपैयाँ भन्दा बढीको औषधि बरामद गरेको ५ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकको टोलीले भीमदत्त नगरपालिका-३ भासी पुल नजिककै लुकाएको अवस्थामा १० लाख २१ हजार चार सय रुपैयाँ बराबरको औषधी बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगील लुकाई छिपाई राखेको अवस्थामा SEGOPLEX नामक औषधि ८१० पत्ता, BONEVIT एक हजार पत्ता र NEUROMAX एक हजार ८० पत्ता बरामद गरिएको जानकारी दिए ।

बरामद गरिएका औषधी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको डांगीले बताए ।
2025/05/08, 7:58
2025/05/08, 7:57
2025/05/08, 7:50
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/03, 1:41
2024/01/09, 2:56
2022/04/17, 4:40
2020/08/27, 7:33