सेती अस्पतालमा टेलिमेडिसिन र विस्तारित सेवा शुरु
2023/03/01, 10:21
 
ss

सुदूरपश्चिमका पहाडी जिल्लाका अस्पतालहरुमा धनगढीबाटै बिषेशज्ञ सेवा दिने उद्देश्यले सेती प्रादेशिक अस्पतालमा टेलिमेडिसिन सेवा शुरु भएको छ । सुदूरपश्चिमका अन्य ८ जिल्लामा आउने बिरामीहरुको रिपोर्ट जाँच तथा परामर्श सेवा अब धनगढीबाटै दिइने भएको छ । यस संगै कार्यालय समयपछि पनि बिरामीहरुलाई ओपिडी सेवा दिनका लागी अस्पतालले बिरुतारित सेवापनि शुरु गरेको छ ।

सुदूरपश्चिम प्रदेशको प्रमुख रेफरल अस्पताल सेती अस्पतालबाट टेलिमेडिसिन सेवा शुरु भएको छ । संघिय सरकार तथा बिभिन्न दातृ निकायको सहयोगमा अस्पतालले अन्य पहाडी जिल्लाका बिरामीहरुलाई समेत जाँच गर्ने गरी सो सेवा सञ्चालनमा ल्याएको हो । बिरामीहरुले सम्बन्धित जिल्लाहरुमा चेकजाँच गरेको रिपोर्टहरु अनलाइन मार्फत सेती अस्पतालमा पठाउने र सो रिपोर्ट सम्बन्धित चिकित्सकले हेरेर उपचार बिधि तथा परामर्श दिइने सेती प्रादेशिक अस्पतालका फिजिशियन डक्टर तथा कार्यक्रमका फोकल पर्शन डा. शेर बहादूर कमरले बताए । सम्बन्धित ठाउँमै उपचार गर्न सकिने या रेफर गर्ने लगायत सम्पुर्ण समस्या बारे जिल्लाहरुले सेतीमा पठाउने र सो रिपोर्ट बारे चिकित्सकहरुले जानकारी पठाउने उनले ताए । साथै इमर्जेन्सी बिरामीहरुका लागी समेत सेतीबाट आवश्यक उपचार परामर्श दिइने कमरको भनाई छ ।

यो सेवाले जिल्ला अस्पतालहरुमा उपचार पद्धतीलाई सहज बनाउने अपेक्षा लिइएको छ । बिषेशज्ञ चिकित्सक अभावमा सेवा दिइरहेका जिल्ला अस्पतालहरुलाई टेलिमेडिसिन मार्फत सहजै बिषेशज्ञ सेवा लिन पाइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए ।   यस्तै अस्पतालमा विस्तारित अस्पताल सेवा सुरू भएको छ । मङ्गलवारदेखि प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा सुरू भएको हो । विस्तारित सेवा सुरू भएसँगै सेतीबाट साँझ तीन बजेपछि पनि ओपिडी सेवा लिन सकिने डा. पाडेले बताए । ओपिडि र अन्य उपचारमा न्यूनतम शुल्क तिरेर बिरामीले सहजै उपचार सेवा पाउने छन् । विस्तारित अस्पताल सेवामा ओपिडीसँगै प्रयोगशाला र शल्यक्रिया सेवा पनि प्रदान गरिने छन् ।

विस्तारित अस्पाल सेवा शनिवार र सार्जनिक विदाका दिन बाहेक आइतवारदेखि शुक्रवारसम्म दिउँसो ३ बजेदेखि सञ्चालन हुने छ । सेतीमा विस्तारित अस्पताल सेवा सुरू भएसँगै साँझ तीन बजेपछि पनि ओपिडी सेवा सञ्चालन । विस्तारित अस्पताल सेवाअन्तर्गत टाढाबाट आउने विरामीले सहजै कम शुल्क तिरेर उपचार गराउन सक्ने छन् । विस्तारित अस्पताल सेवाका लागि ओपिडि टिकट दर्ता सेवा सञ्चालन दिउँसो २ वजेदेखि बेलुका साढे चार बजेसम्म खुला हुनेछ । विस्तारित अस्पताल सेवामार्फत सेवा लिएका विरामीले ८ दिनसम्म फेरि परामर्श सेवा लिन आउँदा थप दस्तुर नलाग्ने अस्पतालका अध्यक्ष निर्मल शाहले बताए । ओपिडीमा विस्तारित सेवा लिएका विरामीले भने शल्यक्रिया र प्रयोगशाला जाँच गर्नुपरे विस्तारित अस्पताल सेवा अन्तर्गत नै गराउनुपर्ने छ ।

विस्तारित स्वास्थ्य सेवा अन्तर्गत उपचार गराउने विरामीले स्वास्थ्य बीमा तथा सामाजिक सेवा इकाईमार्फत प्राप्त गर्ने सुविधा पाउने छैन । विस्तारित अस्पताल सेवा अन्तर्गत विरामीले परामर्श शुल्क ४ सय तिर्नुपर्ने छ भने प्रयोशाला र शल्यक्रिया शुल्क निजी अस्पतालको भन्दा कम लाग्ने छ । विस्तारित अस्पताल सेवा सञ्चालन गरिएपछि अस्पतालमा उपचार गर्न आउने सबै विरामीले उपचार गर्न सक्ने विश्वास लिइएको अध्यक्ष शाहले बताए ।