
कैलालीको गोदावरी नगरपालिकामा छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा लागूऔषध खैरो हेरोइन १ सय ८० मिलिग्रामसहित सोही नगरपालिका–६ बस्ने २४ वर्षीय जयकिशन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

यसैगरी गोदावरी नगरपालिका–५ बिजैराका ३२ वर्षीय ओकेन्द्र चौधरी र सोही नगरपालिका–६ भुयराका ३१ वर्षीय विष्णु चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय ३० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15