कैलालीमा महिला र पुरुष एउटै रुखको पासोमा मृत भेटिए
2023/03/01, 6:26
 
sdfwe

कैलालीमा झुण्डिएको अवस्थामा दुई जना मृत अवस्थामा भेटिएका छन्। जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा बुधबार महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले दुवै जना मृत भेटिएको पुष्टि गरे तर घटनाबारे विस्तृत विवरण आउन भने बाँकी छ। जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ गएको छ।