घोडाघोडी महोत्सव आजबाट सुरु हुँदै, संघीय सांसद चौधरीले उद्घाटन गर्ने
2023/03/02, 10:27

कैलालीको सुखडमा आजबाट घोडाघोडी महोत्सव २०७९ सुरु हुने भएको छ । आज एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य गङ्गा चौधरीले महोत्सवको उद्घाटन गर्ने छन् । १० बजे देखी झाकि प्रस्तुति सुरु हुने र करिब १२ बजे महोत्सव उद्घाटन हुने घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गा गौतमले जानकारी दिए ।

आजबाट सुरु हुने महोत्सव २८ गते सम्म जारी रहने छ । यहाँ १ सय स्टल छन् । कैलाली मध्य क्षेत्रको व्यापार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष गौतमले बताए । प्रत्येक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहेको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2023/01/05, 4:54