काँग्रेस कैलालीद्वारा सुवर्ण सम्शेर जवराको ११२ औं जन्मजयन्तीमा बिचार गोष्ठी
2023/03/02, 10:49
 
ss

नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व सभापति सुवर्ण सम्शेर जवराको ११२ औं जन्मजयन्तीका अवसरमा जिल्ला कार्यसमिति कैलालीको आयोजनामा नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय ९विपी स्मृती भवन० मा बुधबार एक कार्यक्रम गरी जन्मजयन्ती मनाएको छ ।

कार्यक्रममा वोल्दै नेपाली काँग्रसकी केन्द्रीय सदस्य जिवन रानाले सुर्वण सम्शेरको प्रजातन्त्र प्राप्तीमा महत्वपूर्ण योगदान रहेको बताए । केन्द्रीय सदस्य रानाले सुर्वण सम्शेर राणा परिवारमा जन्मे पनि प्रजातन्त्र प्राप्तीमा खुलेर लागेका स्मरण गराए । कार्यक्रमका व्यक्तहरुले पार्टीले यस्ता कार्यक्रमहरु विगतमा नभएको हाल यस्ता कार्यक्रमले पार्टीमा हौसला बढाएको जनाएका थिए । यस्ता कार्यक्रमहरुलाई तल्लो तहसम्म गर्नु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष तेज बहादुर सिंह, नेपाल तरुणदल कैलालीका अध्यक्ष दिपेन्द्र बम, नेपाल विद्यार्थी संघका मनिष कुँवर, प्रेस युनियन कैलाली जिल्ला अध्यक्ष श्रवण देउवा, लगायले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रदेश सदस्य राम बहादुर देउवा, पुष्पा जोशी, सुरत रावत ‘डाटेली कान्छा’, पूर्व राज्यमन्त्री टेक बहादुर रैका, जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु, संघीय क्षेत्रीय कार्यसमिति पदाधिकारी तथा सदस्यहरु प्रदेश सभा क्षेत्र, नगर, वडा कार्य समिति लगायत भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा कार्य समितिहरुको उपस्थित रहेको थियो ।

कार्यक्रको सञ्चालन प्रचार–प्रसार विभाग संयोजक तपेन्द्र भुषालले सञ्चालन गरेको थिए । यहि २० गते क्षेत्र नं. ३ सुखडमा स्वर्गीय नेता कृष्ण प्रसाद भट्टराईको स्मृती दिवस मनाउने संयोजकको भुषालले जानकारी दिएका छन् । नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति नारायणदत्त भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश जिल्ला सचिब केशवराज मिश्र गरेका थिए ।